जातिय भेदभाब अन्त्य गर्न सह-भोज- उच्चनीच विभेदबाट मुक्ति पाउन डा. अम्बेडकरले के गरे किन ५ लाखले हिन्दु धर्म त्यागे
प्रकाश पाक्साँवा,
तेह्रथुम, ५ पौष २०७१ तेह्रथुमको इवा गा बि समा आठराई क्षेत्रका सात गा बि सका दलित तथा गैरदलित बिच सहभोज आयोजना गरिएको छ |
भोजमा कामि दमाई र सार्कि दलितहरु र गैर दलितहरु भेला भई एकै ठाँउमा भोजन गरेका थिए |
जातिय भेदभाब अन्त्य गर्न सामाजिक सदभाबको सन्देश फैलाउन सहभोज आयोजना गरिएको बार्गिय बिभेद उन्मुलन कार्य समितीका अध्यक्ष धन बहादुर खातिले बताए |
राज्यले कामि दमाई र सार्किलाई दलितको दर्जामा राखि अपहेलना गर्दै आएको र अशिक्षाको कारण दलित दलित बिच बिभेद भई रहेकोले अन्त्य हुनु पर्ने अर्का अधिकारकर्मि खगेन्द्र बिश्वकर्माले बताउनु भयो |
आठराई क्षेत्रमा सहभोजले छुट्टे सन्देश दिएको छ|
स्मरण रहोस, धार्मिक विभेदकै कारण सन् १९५६ मा भारत/हिन्दुस्तानको नागपुरमा भएको एक कार्यक्रमा भारतीय संविधानका मस्यौदाकार डा. भिमराव रामजी अम्बेडकरको प्रेरणामा एकै पटक पाँच लाख दलितहरुले जातिय समताको लागि हिन्दु धर्म परित्याग गरी बौद्ध धर्म ग्रहण गरेका थिए । यो डा. अम्बेडकरको छुवाछुत विरुद्धको धार्मिक क्रान्ति थियो । त्यसरी नै कतिपयले जैन धर्म र कतिपयले इसाई धर्म ग्रहण गरेर भारतमा मनुवादी हिन्दु धर्मको प्रतिकार गरे । (सङ्घीय गणतन्त्र नेपाल – समावेशी लोकतन्त्रको उच्चत्तम रुप, पृष्ठ १८२) यसको प्रभाव नेपालमा पर्दै गएको देखिन्छ । शिक्षाले मात्र जातिय भेदभाव अन्तहुने देखिन्दैन अन्ततः विकल्प खोज्नु भन्दा अरु उपाय छैन ।