Quantcast
Viewing all articles
Browse latest Browse all 6050

पहिचानसहितको सङ्घीयताको लागि जनजातिद्वारा संविधानसभामा धर्ना

पहिचानसहितको सङ्घीयताको लागि जनजातिद्वारा संविधानसभामा धर्ना

काठमाडौँ, ३० जेठ । नेपाल आदिवासी जनजाति महासङ्घले पहिचानसहितको सङ्घीय संविधान निर्माण गर्नुपर्नेलगायतका माग अघि सारी आज नयाँ बानेश्वरमा धर्ना दिएको छ ।

महासङ्घसँग आबद्ध विभिन्न आदिवासी जनजातिका सङ्घसंस्थाका प्रतिनिधिले बबरमहलदेखि प्लेकार्डसहित संविधानसभा भवन अगाडि नयाँ बानेश्वर चोकमा पुगेर धर्ना दिएको हो ।

धर्नापछि आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले पहिचातसहितको सङ्घीयता हुनुपर्ने, संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने, संविधानसभालाई पूर्णता दिन छिटोभन्दा छिटो २६ जनाको मनोनयन गर्नुपर्ने र मनोनयन गर्दा अन्तरिम संविधानको धारा ६३ को ३ ग मा उल्लेख भएअनुसार आदिवासी जनजातिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति महासङ्घसँगको २० बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा राज्यको स्रोत साधनमा पहुँच र नीति निर्माण तहमा जनसङ्ख्याको आधारमा जनजातिलाई समानुपातिक प्रतिनिधि गराउनुपर्ने महासङ्घको माग छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का सदस्य एवम् तनहुँ बन्दिपुर छिंकेश्वर तमू समाजका उपाध्यक्ष सुरसिंह गुरुङले राज्यले मुलुकका सम्पूर्ण जाति र भाषालाई समान रुपमा व्यवहार गर्नुपर्ने बताउनुभयो ।

Image may be NSFW.
Clik here to view.
Janjati dharna1

Image may be NSFW.
Clik here to view.
Janjati dharna2

Image may be NSFW.
Clik here to view.
Janjati dharna3

Image may be NSFW.
Clik here to view.
Janjati dharna4

Image may be NSFW.
Clik here to view.
Janjati dharna5

Image may be NSFW.
Clik here to view.
Janjati dharna6

Image may be NSFW.
Clik here to view.
Janjati dharna7

Comments

0 comments


Viewing all articles
Browse latest Browse all 6050

Trending Articles