Tribhuvan Tuladhar sent this mail:
INDIA-NEPAL – Mutual Duplicity:
Dr. Jekyll and Mr. Hyde Syndromek
Duplicity of Indian role and Interference in the internal affairs of Nepal is unacceptable, but, this has been the rule rather and an exception. Also, the duplicity of the hill ruling elite of Nepal is well known. They need India's support and silence on one hand to continue to suppress the indigenous people movement for Identity based Federalism and call for Secularism, and on the other hand, allow India to play a significant role in the making of the policies and economic development of Nepal so that India can benefit a lot from it.
It is also imperative for the Nepalese Hill ruling elite to bring the Madeshi-Tharuhat movement to its knees by use of force of the military, and so far India as closed its eyes to the use of force in the Terai belt leading to the death of more than 30 people. The conscience of the Indian people has been muted by the dubious Indian government who is hand in glove with the ruling elite of Nepal, each getting what other can offer.
India wishes complete control of Nepal's Natural Resources and Hydro power while the 12% Bahunbadi ruling elite of Nepal, gets tacit Indian support in perpetuating the feudalistic and suppressive rule over the 75% of the Indigenous people of Nepal thus continuing the old tradition of the last 250 years and maintaining the Status Quo in the name of "Democracy" which is actually "bahunocracy" the pseudo definitions the ruling elite like to give to certain universally established term as understood around world.
The most recent one was for "Secularism
It was adopted in the Constitution that "secularism" shall mean as follows in the Bahunbadi world of Nepal:
यस धाराको प्रयोजनका लागि
धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतधार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्दछ। यसमा धर्म निरपेक्ष, सनातन धर्म,धर्म संस्कृतिको संरक्षण, धार्मिक स्वतन्त्रता लगायतका शब्द सबै अटाइएको छ।
Here is what the universal meaning of Secularism is written as:
· Secularism is the principle of the separation of government institutions and persons mandated to represent the state from religious institutions and religious dignitaries.
· One manifestation of secularism is asserting the right to be free from religious rule and teachings, or, in a state declared to be neutral on matters of belief, from the imposition by government of religion or religious practices upon its people.
· Another manifestation of secularism is the view that public activities and decisions, especially political ones, should be uninfluenced by religious beliefs and/or practices
भारतको 'सन्देश' पछि प्रक्रिया स्थगित
12 Sep 2015 | 06:30am
काठमाडौं- भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक 'सन्देश' प्रमुख तीनदलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया दुई दिनका लागि स्थागित भएको छ।
राजदूत रेले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीअध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार अलग–अलग भेटेर खुला सीमा क्षेत्रमा भएको अशान्तिलेभारतलाई पनि चिन्ता भएको सन्देश दिएका थिए। समस्या समाधान राजनीतिक ढंगले गर्नुपर्नेसन्देश दिँदै उनले त्यस्तो समाधान खोज्न नेपाल आफैं स्वतन्त्र भएको बताएका थिए।
तीन–तीनपटक आह्वान गर्दा पनि मधेसी दल वार्तामा नआएपछि संविधान निर्माण प्रक्रियालाईनिरन्तरता दिइरहेका प्रमुख तीन दलको बैठक शुक्रबार बस्नुअघि रेले उनीहरूलाई भेटेका दिए।उनी बिहीबार बेलुकादेखि नै राजनीतिक भेटघाटमा सक्रिय थिए।
यही दुई दिनभित्र संविधानका दफा पारित गरी यसै महिनाको अन्त्यसम्म जारी गर्ने तयारीसंविधानसभाको थियो। संविधान लेखन प्रक्रिया नरोकिने बुझेपछि भारतले प्रधानमन्त्री नरेन्द्रमोदी सरकारको औपचारिक सन्देश राजदूतमार्फत पठाएको हो। बिहान ८ बजे प्रमुख तीन दलकोबैठक बस्नुअघि नै राजदूत रे बालकोटस्थित एमाले अध्यक्ष ओली निवास पुगेका थिए।'सहमतिबाट संविधान बनाउनुहोस् भन्ने भारतीय दूतको सन्देश थियो,' ओलीका निजी सचिवरमेश आचार्यले नागरिकसँग भने, 'अध्यक्षज्यूले आन्दोलनरत दललाई वार्तामा ल्याउने प्रयासभएको र संविधान छिट्टै आउनेमा विश्वस्त हुनुहोस् भन्नुभयो।'
ओलीनिकट स्रोतका अनुसार 'सहमतिका लागि' भारतीय राजदूत रेले ओलीसमक्ष प्रस्ट रूपमातीनवटा प्रस्ताव गरेका छन्। 'पहिलो, जारी संविधान निर्माण प्रक्रिया स्थगित गरेर सहमतिखोज्नुहोस्,' रेलाई उद्धृत गर्दै स्रोतले नागरिकसँग भन्यो, 'पश्चिममा कैलालीका १, २, ३ र ४निर्वाचन क्षेत्र नवलपरासी–बर्दिया प्रदेशमा र पूर्वको मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमासमावेश गराए समाधान हुन्छ, नत्र गाह्रो देखिन्छ।'
यसो गरे समस्या समाधान हुने तर्क पनि रेको थियो। यो विषयलाई संविधान निर्माण क्रममासम्बोधन गरे आन्दोलन गरिरहेका तराई–मधेसकेन्द्रित दल र समूह वार्तामा आए वा नआएपनि केही फरक नपर्ने उनको सन्देश थियो।
राजदूत रेको सन्देशबारे ओलीसँग केही चर्काचर्कीसमेत भएको थियो। त्यसपछि ओली प्रमुखतीन दलको बैठकका लागि बालुवाटार प्रस्थान गरे। अन्य दुई दलका शीर्षनेता डेढ घन्टादेखिउनको प्रतीक्षामा थिए।
ओलीसँग भेटेलगत्तै रे एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाट पुगे।भारतीय दूत लाजिम्पाट पुग्दा दाहाल भने बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीनदलको बैठकमा व्यस्त थिए।
निवासमा भारतीय राजदूत आएको खबर पाउनेबित्तिकै दाहाल जारी बैठक छाडेर नेता बाबुरामभट्टराईसहित लाजिम्पाट गए। रेले भेटघाटका लागि बिहान ७ बजेको समय मागेका थिए तरबिहान प्रमुख तीन नेता दाहाल, भट्टराई र नारायणकाजी श्रेष्ठको आन्तरिक बैठक पहिल्यैनिर्धारित भएकाले उनले त्यो समय पाउन सकेका थिएनन्।
१० बजेका लागि समय पाएका भारतीय राजदूतले लाजिम्पाट निवासमा भारतीय सरकारकोलिखित सन्देश पढेर सुनाए जहाँ दाहाल–भट्टराई उपस्थित थिए। उपाध्यक्ष श्रेष्ठ भने लाजिम्पाटगएनन्, बालुवाटारै बसे। 'भारत सरकार नेपालमा चाँडै संविधान निर्माण भएको देख्न चाहन्छभन्ने सन्देश बोकेर आउनुभएको थियो,' जिज्ञासामा दाहालका प्रमुख सचिव चूडामणि खड्कालेनागरिकसँग भने, 'तराई–मधेसका आन्दोलनलाई सम्बोधन गरेर सहमतिमा संविधान बनाउनशुभकामना दिनुभएको छ।' उनका अनुसार नेपालको आन्तरिक समस्या नेपाली राजनीतिकदलले हल गरेको हेर्न चाहेको सुनाएर राजदूत रे फर्केका थिए।
दाहाल–भट्टराई पुनः बालुवाटार फर्केलगत्तै प्रमुख तीन दलको बैठक पुनः सुरु भयो। प्रधानमन्त्रीकोइरालाले राजदूत रेले १५ दिन संविधानसभा स्थगित गरी असन्तुष्ट पक्षसँग वार्ता गर्न दबाबदिएको सुनाए। ओली, दाहाल र कांग्रेस नेता शेरबहादुर देउवाले समस्या आउनसक्ने भन्दैप्रक्रिया स्थगन गर्न नहुने बताएका थिए।
बैठकमा प्रधानमन्त्री कोइरालाले पाँच दिन बैठक स्थगित गर्न सहमति गरौं भन्ने प्रस्ताव गरेपनि दुई दिन समय दिने निर्णय भयो। बालुवाटारमा नेताहरूले भारतीय दबाबपछि यो निर्णयगरिरहेका बेला संविधानसभामा सभासदले धारणा राख्ने क्रम जारी थियो।
परिमार्जित विधेयकमाथि सभासदले धारणा राखिरहेकै बेला प्रमुख दलबीच आकस्मिक निर्णयभएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ११:३० बजेसम्मका लागि बैठकस्थगित भएको घोषणा गरे।
राजदूत रेले दिनभरजसो विभिन्न राजनीतिक नेतासँग भेटघाट तथा टेलिफोन सम्पर्क गरेकोजानकारी नेताहरूले दिए। दिनभरिको सक्रियतापछि साँझ उनले नेपाली सेनाका नवनियुक्तप्रधानसेनापति राजेन्द्र क्षत्रीलाई जंगी अड्डा, भद्रकालीमा भेटेका थिए।