जनताको अपमान गर्न सबैले जानेकै रहेछन । सिंहदरवारमा होस वा स्याल दरवार, एकातिर जनतालाई अधिकार दिने र देशलाई देश जस्तै बनाउनका लागि यस भूमिलाई हजारौ बर्षदेखि आवाद गर्ने र आफ्नै पसिनाले सिञ्चित गर्नेहरुलाई यस राजनैतिक परिपाठीले नागरिकको हैसियत र सम्मान दिन अस्विकार गर्यो । अर्कोतिर तिनै अधिकार विहिन मान्छेहरुलाई आन्दोलनमा मारेर ५० लाख दिने घोषणा गरियो । यसरी हेर्दा दुबै थरी अतिवादले उत्पिडित, गरिव र विपन्न समूदायलाई इतिहासमा सबैभन्दा तल्लो स्तरको अमानविकरण गर्यो । समाजशास्त्रको भाषामा यसलाई डिह्युमनाईजेसन भनिन्छ । यो मानवअधिकारको घोर उल्लंघन हो ।
यी दुबैथरी प्रवृतिले जनताको आन्दोलन, विद्रोह वा क्रान्ति गर्न पाउने अधिकारलाई तल्लो स्तरसम्म अपमानित ग¥यो । जसको प्रभाव यहाँका वुद्धिजिवी भनिनेहरुले गरिरहेको व्याख्यामा देखिएको छ । २ दर्जन मान्छे मरे आन्दोलन चलिरहेछ तर व्याख्या टिकापुर घटनाको मात्र किन गरिन्छ ? आलेख, समाचार, विश्लेषण र व्याख्या जुम्ला, सुर्खेत, विरगञ्ज सप्तरी वा बाराको किन हुँदैन ? बडो अजिव लाग्यो यो विषय । साच्चै टिकापुर कैलालीको मात्र किन यतिधेरै कोणबाट छलफल भएको होला ? किन सर्वत्र चासो भएको होला ? यहाँ मात्र हैन दिल्लीबाट मोदीले प्रधानमन्त्री कोइरालाजीलाई फोन गरे भनेर विदेश मन्त्रालयले विज्ञप्ति नै निकाल्यो किन ?
कुरा प्रष्ट छ कैलालीमा जो मरे उनीहरु नमर्नुपर्ने तर्फका थिए र अन्यत्र जो मारिए उनीहरु त पहिल्यै मारिनु पर्ने तर्फका थिए । अरुको मृत्यु स्वभाविक हो । सत्य हो । तर कैलालीमा भएको घटनामा मारिनेहरुको मृत्यु एकदम कारुणीक हो । दर्दनाक हो । पाशविक हो । अतातायी हो भने जस्तै गरी व्याख्या गरियो भन्न खोजियो ।
हो मृत्यु दुःखदायी हुन्छ, आन्दोलनमा मारिएका आन्दोलनकारी होउन, प्रहरी होउन अथवा सर्वसाधारण । सबैको मृत्युमा हामी दुःखी छौ । यो दुःखद अवस्थामा हामीलाई राज्यले ल्याई पु¥याएको छ । धैर्य नगुमाउ भन्नुसम्म ठिक छ तर गरियो के भने अरु १ जना मर्नु भनेको १ जना नै हो र एसएसपीेको विल्ला भिरेको एक जना मर्नु भनेको यस्ता दुःखी भन्दा हजारैले बढी हो भन्नु गलत भयो । यसको समाजशास्त्र भनेको उत्पिडित समूदायको यादव, ठाकुर, चमार, केसी लगायतका मान्छे मरेको चर्चा गर्नु आवश्यक छैन भन्न खोजिएको हो कि ? अरु त अरु टिकापुरमा मारिने अन्य प्रहरी जवानको पनि मृत्यु सामान्य हो भन्ने जसरी व्याख्या विश्लेषण गरियो र गरिँदै छ– शायद आगामी दिनमा पनि गरिन्छ होला ।
जिवनलाई समान बनाउन नसकेकाहरुले कम्तिमा मृत्युमा त विभेद नगर्नु पर्ने तर अहिलेको अवस्था त्यस्तो देखिदैन । सामाजिक व्याख्या नै पक्षपाति भएको समाजमा समानताको लडाई धेरै गारो हुने कुरामा संदेह छैन । तर कालक्रममा यो खेलको पर्दा खोलिनेछ अनि छर्लङ हुनेछ पर्दापछाडिको डिजाइन ।
अहिलेको आन्दोलनमा ज्यान गुमाउने सबैलाई हामी सम्मान गर्छौ । सबैको जुनि एकबारको नै हो । उस्तै मुल्यवान हुन्छ । प्रीय हुन्छ । त्यसैले आफ्नो जिवनको बढि माया लाग्छ । तर अहिलेको अवस्थामा पनि जनताले आफू नागरिक बन्न राज्यसँग आन्दोलन गर्नुपर्ने स्थिति निर्माण गर्ने को हुन् र तीनीहरु कहाँ छन् ? किन यसो गर्दैछन ? यि प्रश्नहरु जटिल छैनन् तर प्रश्नहरु वङग्याईएका छन् फरक यति हो ।
हिजो शासन सत्ताका फरकफरक अनुहार फेरी फरकफरक स्थानबाट आन्दोलनको, जनअधिकारको र सुन्दर मानव जीवनको विकृत व्याख्या गरिरहेछन् र त्यसको अमानविकरण गरिरहेछन् । तर यसबाट अगाडी पनि समाज जान्छ । लेखिन अझै अक्षरहरु वाँकी नै छन, गति अझै तिब्र भएर जान्छ ।
यो नै अन्तिम सत्य हो, अब उता पर भोली बाँकी छैन भन्ने धृष्टता कसैले नगरौं ।
सम्बन्धित शीर्षकहरु :
सम्बन्धित शीर्षकहरु :
- मधेश जोडिँदै छ कि तोडिदैँछ ?
- माओवादी बन्दै छ कि भत्किँदै छ ?
- टीकापुरका थारुको वकपत्र
- मुलुकको विश्वसनीयता नरहने ऐन सर्वसम्मत !
- सुनबुट्टे संबिधानको शल्यक्रिया
- सम्पादकिय : समय कम छ तर हतार गर्ने छुट छैन
- नेपाली साहित्य किन बिश्वव्यापी हुन सकेन ?
- शिर्ष नेतालाई योगेश भट्टराईका ८ प्रश्न
- शान्ति वार्ता र दोरम्बाकाण्ड
- 'दुर'बाट 'सुदुर'मा कर्णालीलाई राखिएपछिको हाम्राे चिन्ता
- 'मलाई त्यहि केटी चाहिन्छ'र अखण्ड
- विरक्तिएको माओवादी आन्दोलन–४ : विचार र संस्कृतिबाट चुँडिएको यात्रा !
- एनआरएन(NRN) कोरिया अधिबेशन : खोजी नेतृत्वको
- संविधानसभा भित्रका कुलिनहरुको नाउँमा
- कर्णाली पारिका मान्ठाका कुरा काठमाडौंका मानिसले सुन्लान् ?