महाभूकम्प-२०७२»
क्षतिको प्राविधिक पक्ष
वैशाख १८ -
नेपाल भूकम्पीय जोखिमको हिसाबले अति संवेदनशील छ भन्ने कुरामा भूगर्भविदहरूले वर्षौँदेखि सजग गराउँदै आएका थिए र यसका प्रमाणहरू पनि प्रशस्तै थिए। तर यसलाई सरकारी, गैरसरकारी र जनस्तरबाट पनि पर्याप्त ध्यान दिन सकिएन। यसमा जब समस्या पर्छ, अनिमात्र सोच्ने हाम्रो परिपाटी जिम्मेवार छ। यसले हाम्रा कमजोरीहरूलाई प्रस्ट्याइदिएको छ र भविष्यका लागि पाठ पनि दिएको छ।
जे होस्, अहिले नेपालमा महाभूकम्पले राष्ट्रिय विपत्ति ल्याएको र त्यसपछिका पराकम्पहरूले पनि त्रासदी फैलाइरहेको अवस्था छ। ठूलठूला महाभूकम्पपछि ससाना धक्काहरू आउनु सामान्य प्रक्रिया नै भएकाले यसलाई सामान्य रूपमा नै लिई विचलित हुन नहुने कुरामा विश्वास गर्नु जरुरी छ। तर हामीले सर्वसाधारणलाई यसबारे विश्वास दिलाउनसकेका छैनौँ। यसलाई बुझ्न भूकम्प जाने कारण बुझ्नु जरुरी हुन्छ।

यो साधारणतया पृथ्वीको चलायमान बाहिरी आवरण (लिथोस्फेयर) को अवस्था, शक्ति सञ्चय, लिथोस्फेयरको चल्ने दिशा र जमिनको अवस्थितिले निर्धारण गर्छ। दक्षिणतिरको इन्डियन प्लेट उत्तरतिरको टिबेटन प्लेटसँग जुध्ने क्रम जारी रहेको तर इन्डियन प्लेट सानो भएकाले टिबेटन प्लेटलाई घचेट्न नसक्ने भएकाले यो मुनितिर धसिन खोज्छ। यो प्रक्रियालाई पनि ठूलो आकारको टिबेटन प्लेटले रोकिदिन्छ।
तर इन्डियन प्लेटलाई उत्तरतिर घचेट्ने बल निरन्तर लागिरहेको हुनाले इन्डियन प्लेटको भूभाग चेपुवामा पर्छ। तर दक्षिणतिरबाट इन्डियन प्लेटलाई निरन्तर रूपमा घचेट्ने शक्ति सञ्चित हुनथाल्छ र यस्तो सञ्चित शक्ति धेरै भएछि ठूलो आकारको टिबेटन प्लेटलाई धक्का दिई थोरै भए पनि धस्सिन जान्छ, त्यही बेला सञ्चित शक्ति विस्फोट भएर तरङ्गको रूपमा बाहिर निस्किन्छ र भूकम्प जान्छ।
यस्तो सञ्चित शक्ति जति धेरै भयो, त्यति नै ठूलो भूकम्प जान सक्छ। पहिलो कम्पनमै ठूलो भूकम्प गएमा सञ्चित शक्तिको धेरै भाग सोही भूकम्प ल्याउनमा खर्च हुने भएकाले त्यसपछि निस्कने कम्पनहरू, जसलाई पराकम्प (आफ्टर सक) भनिन्छ, निश्चित रूपमा सानो हुने गर्छन्। अहिलेको महाभूकम्पमा पनि सुरुकै कम्पन ७ दसमलब ६ रेक्टर स्केलको भएकाले त्यसपछि आउने कम्पनहरू त्योभन्दा सानो नै हुने निश्चित छ, जुन ठूलो भूकम्पको पराकम्पनको रूपमा आउने हो।
यसलाई सजिलोसँग बुझ्दा जमिनको ठूलो भागमा उथलपुथल हुँदा जमिन सन्तुलित भई बस्न लाग्ने समय र मिलेर बस्ने क्रममा बाँची बसेका बारिएको शक्ति निस्किने क्रमको रूपमा लिनुपर्छ। जस्तो, पानी भरिएको बेलुनमा सियोले घोचेर सानो प्वाल बनाइयो भने त्यो प्वालबाट धेरै फोर्सले पानी निस्किन्छ, तर त्यही बेलुनमा अर्को पनि प्वाल बनाइयो भने उक्त प्वालबाट निस्किने पानीको फोर्स कम हुन्छ, त्यसरी नै एउटा ठूलो भुइँचालो गैसकेपछि आउने अन्य भुइँचालो अथवा पराकम्पहरू निश्चित रूपमा त्योभन्दा साना नै हुन्छन्। त्यसैले नेपालमा अहिले नै अर्को ठूलो भूकम्प जाने आधार देखिँदैन।
अहिलेको महाभूकम्पले अहिलेसम्म हामिले गरेका भूकम्प जोखिम न्यूनीकरणका काम र हाम्रो बुझाइलाई पनि चुनौती दिएको छ। जस्तो कि काठमाडौंलाई भूकम्पीय जोखिमको हिसाबले संसारकै १ नम्बरको सहरमा राख्ने क्रममा र अन्य बेला पनि असनका घरहरूको उदाहरण दिएर यति घर भत्किने, यति मान्छे मर्नेजस्ता आँकडाहरू प्रस्तुत गर्ने चलन थियो, जसको यो महाभूकम्पले खण्डन गरिदिएको छ। यसले नीति निर्माता र सरोकारवालाहरूलाई घरको बाहिरी संरचनामात्र हेरेर नपुग्ने रहेछ, जमिनमुनि कस्तो चट्टान वा माटो छ (भूगर्भ), त्यसलाई अझै बढी ध्यान दिनुपर्छ भन्ने कुरालाई जनाएको छ। असनका पुराना घरहरूमा खासै क्षति नहुनु, कति घरहरू जमिनमुनि गाडिनु अनि कति घरहरू ढल्केर बस्नु यसका उदाहरण हुन्। हाम्रा अहिलेसम्मका काम जमिनमुनिको अवस्था बुझ्ने कुरामा कत्ति पनि ध्यान नदिई सतही कुरामा मात्र सीमित हुनु विडम्बना हो। भूकम्प प्रतिरोधात्मक घर बनाउने, भूकम्प आउँदा टेबुलमुनि लुक्ने जस्ता कार्यक्रमहरू नराम्रा होइनन्, तर जति भूकम्प प्रतिरोधात्मक घर बनाए पनि घर बस्ने आधार नै कमजोर धरातलमा भए के त्यो घर बँच्ला र अनि घर नै जमिनमा गडेपछि टेबुलमुनि बस्दैमा हामी बाँचिएला र भन्ने प्रश्न अहम् छ, अहिले। त्यसैले जमिन मुनिको ढुंगामाटोको संरचनाको यकिन गरी मापदण्ड किटान गरी बस्ती विकास गर्न जरुरी छ।
अहिले धेरैको मनमा आएको अर्को प्रश्न किन घरहरू एकै प्रकारले भत्केका छैनन्, अनि किन एकै ठाउँका घरहरू पनि छानीछानी भत्किएका छन्, देख्दा बलिया लाग्ने घरहरू भत्किएका छन् भने कमजोर लाग्ने घरहरू पनि बचेका छन् भन्ने छ।
यसको एउटा प्रमुख कारण के हुनसक्छ भने काठमाडौंको भूगर्भ नै अति फरक—फरक किसिमको (हेटेरोजिनस) छ। नजिक नजिकमा नै फरक—फरक किसिमका माटो छन्, एउटै भूकम्पले पनि यी फरक—फरक माटोमा फरक रेस्पोन्स देखाउन सक्छ। जस्तो कि जमिनमुनि बालुवा—माटो छ र त्योभन्दा पनि मुनि कालिमाटीजस्तो माटो छ भने भूकम्पले हल्लाउँदा बालुवाभित्र रहेको पानीले बालुवालाई घुलित बनाइदिन सक्छ र त्यस अवस्थामा बालुवाले आफ्नो गुण छाडी पानीको गुण देखाउन थाल्छ।
यसले गर्दा घर अथवा अन्य संरचनाको भार थाम्न सक्दैन र घरहरू ढल्किने र ढल्ने हुनसक्छन्। त्यस्तै एउटै घरको जग रहेको जमिनमुनि फरक—फरक किसिमको माटो भएमा फरक—फरक मात्रामा जमिन दबी (डिफरेन्सियल सेटल्मेन्ट) घर ढल्किन सक्छ।
जमिन नदबी घर पुरै भत्किएको छ भने त्यसमा घरको आफ्नै संरचना खराब इन्जिनियरिङ डिजाइनको हुनु वा खराब किसिमको निर्माण सामग्रीले गर्दा भएको हुनसक्छ। यदि घरहरू गडेका छन् भने त्यहाँको जमिन नै दबेको वा जमिनमुनिको पानीको बहाव वा प्रवाहमा भूकम्पले फरक पारिदिएको कारणले हुनसक्छ।
सत्य कुरा के हो भने हाम्रा घरहरू बनाउँदा भूगर्भको राम्रो ज्ञान हुनु र उपयुक्त ठाउँमा मात्र घरहरू बनाई बस्ती बसाउनु जरुरी छ। गाउँघरका हाम्रा घरहरू भत्किनुमा चाहिँ धेरैजसो बाहिरी संरचना नै कमजोर भएर अथवा पहाडको भिरालो भागमा घरहरू रहेको कारण प्रमुख हुनसक्छ। काठमाडौंमा नै पनि भूगर्भ उस्तै भएको तर कुनै थुम्कोको टुप्पामा रहेको घरसँग थुम्कोको फेदमा रहेको घरको तुलना गर्ने हो भने थुम्कोको टुप्पामा रहेको घरमा बढी क्षति पुग्नु स्वाभाविक हुन्छ।
किनकि साधारणतया पहाडको टुप्पोमा भूकम्पका छालहरू अतिरञ्जित हुन्छन् र भूकम्पको शक्ति बढ्न जान्छ। जस्तो कि १ मिटर प्रतिसेकेन्ड वर्गको छाल प्रतिकूल पहाडको टुप्पोमा पुग्दा १७ मिटर प्रतिसेकन्ड वर्गसम्म पुगेको पाइयो। त्यस्तै भूकम्पबाट बढी क्षति भएको अर्को कारण भनेको हाम्रा संरचनाहरूको बढी हल्लिन सक्ने गति (नेचुरल फ्रिक्वेन्सी) र भूकम्पको छालको गति मिल्न जानु पनि हो।
यसलाई सजिलोसँग बुझ्दा प्रत्येक वस्तुलाई हल्लाउने त्यस्तो गति जुन गतिमा हल्लाउँदा त्यो वस्तु थोरै बल लगाए पनि बेस्सरी हल्लिन सक्छ। अग्ला घरहरूको नेचुरल फ्रिक्वेन्सी कम र होचा घरहरूको नेचुरल फ्रिक्वेन्सी बढी हुने गर्छ। यी यस्ता थाहा भएका कुरालाई पनि व्यवहारमा लागु गर्न नसक्नु हाम्रो कमजोरी हो। हुन त दु:खको यो घडीमा अहिलेको अहम् मुद्दा भनेको भग्नावशेषमा परेका जीवितै भएकाहरूलाई उद्दार गर्नु, पुरिएकाहरूको खोजी गरी तथ्य निकाल्नु, घाइतेहरूको औषधी—उपचार गर्नु, विस्थापितहरूको पुनर्बास गर्नु, राहत दिनु र त्यसपछि पुनर्निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो। तर भविष्यमा यस्तो क्षति हुन नदिन गर्नुपर्ने कामका बारेमा जानी त्यसलाई सुधार गर्नु पनि उत्तिकै अपरिहार्य कुरा हो।
ढकाल भूगर्भविद् हुन्।