Quantcast
Viewing all articles
Browse latest Browse all 6050

News from Nepal:डा. सी. के. राउतको पक्षमा मधेशमा जनसागर उर्लियो

डा. सी. के. राउतको पक्षमा मधेशमा जनसागर उर्लियो

परासि बजार, पुष ४ गते – मधेशमाथि लादिएको उपनिवेश र मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको जागरुकता अभियानमा नवलपरासि को परासि बजारमा शुक्रबार १२००० भन्दा बढी समर्थकहरूबिच डा. सी. के. राउतले जनसम्बोधन गरेका छन् । मधेशी एकता समाज र स्वतन्त्र मधेश गठबन्धन नवलपरासीको संयोजकत्वमा गरिएको आमसभामा प्रमुख अतिथि डा. राउत, बिशेस अतिथि केन्द्रिय उपाध्यक्ष कैलाश महतो, केन्द्रिय प्रवक्ता अब्दुल खान, बालगोबिन्द चोधरी, जे.पी. यादव, दिपेन्द्र चोबे, चन्दन सिंह, सुरेश यादव लगायतका वक्ताहरूले मधेशको गौरवशाली इतिहासदेखि नेपाली औपनिवेशिक शासन, मधेश र मधेशी प्रतिको अन्याय विषयमा मन्तव्य राखेका थिए भने आमसभाको अध्यक्षता मधेशी एकता समाजका मदन यादवले गरेका थिए ।

डा. राउतले मधेशीहरु सदियोदेखि उपेक्षित रहेको भन्दै नेपालि साम्राज्यले गरेको भेदभाव विरुद्ध एकजुट भई धैर्य र साहसका साथ शान्तिपूर्ण तरीकाले लडाई लडनुपर्ने बतउनुभयो । मेडिया बाट समेत उपेक्षित रहेको देखिएको उक्त सभामा नेपालि कुनै पनि मेडियाले मधेशका समाचार प्रकाशन तथा प्रशारण नगरेकोले मधेश अलग देश नै भएको स्वत: भान हुने अधिकांस वक्ताहरुले बताएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका मदन यादवले "राज्यले बिभेद गरे छुटीन्न पाउने अधिकार"सहितको संविधान जारि नगरे आफूहरु महाआन्दोलनमा जाने बताउँदै अबको महाआन्दोलनले मधेश स्वराज स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।

यस अघि काठमाडौंको खुल्लामञ्चमा मिति २०७१ मंसिर १० गते बुधवार राखिएको मधेशी जनसभालाई नेपाल सरकार र त्यसका प्रहरी प्रशासनद्वारा बिथोलिएको, डा. राउतलगायत मधेशबाट काठमाडौं आएका र काठमाडौं समेतमा बस्ने, बाटोमा हिंडडुल गरिरहेका मधेशी अनुहार, छाला, भाषा र पोशाक भएका सयकडौं मधेशी समुदाय, युवा, विद्दार्थी कर्मचारी तथा अभियानका डा. राउत लगायत ५०० भन्दा बढी नेता कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँहरुबाट धरपकड गर्दै लाठी चार्ज समेतगरी घाइते बनाएको र सामुदायिक तथा साम्प्रदायिक रुपमा बेइज्जत र मानहानि गर्दै विभिन्न बन्दी गृहहरुमा झण्डै आधा साता भन्दा बढी शारीरिक र मानसिक रुपमा प्रताडना दिइएको थियो । मंसिर १९ गते पनि बाराको सिम्रैनगढमा डा. सी. के. राउतका १०००० भन्दा बढी समर्थकहरूले जनप्रदर्शन गरेका थिए, जसका प्रशारण कुनै पनि नेपालि मेडियाले गरेका थिएनन्, यसबाट पनि नेपलि मेडिया वर्गविशेस र रंगभेदि रहेको प्रस्ट प्रमाणित हुन्छ ।

– कैलाश महतो
Image may be NSFW.
Clik here to view.
CK Rawut1

Image may be NSFW.
Clik here to view.
CK Rawut2

Image may be NSFW.
Clik here to view.
CK Rawut3

Image may be NSFW.
Clik here to view.
CK Rawut4

Image may be NSFW.
Clik here to view.
CK Rawut5

Image may be NSFW.
Clik here to view.
CK Rawut6

Image may be NSFW.
Clik here to view.
CK Rawut7

Image may be NSFW.
Clik here to view.
CK Rawut8

Image may be NSFW.
Clik here to view.
CK Rawut9

Image may be NSFW.
Clik here to view.
CK Rawut9a

Image may be NSFW.
Clik here to view.
CK Rawut9b

Comments

comments


Viewing all articles
Browse latest Browse all 6050

Trending Articles